फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनराजनीतिक सम्मेलनका अध्यक्ष यु चङ शङ र श्रीलंकाका सभामुख कारु जयसुरियाबीच वार्ता

(GMT+08:00) 2017-04-08 14:25:04

         श्रीलंकाको औपचारिक भ्रमणमा रहनुभएको चीनको राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यू चङ शङले अप्रिल सात तारिख कोलम्बोमा श्रीलंका संसदका सभामुख कारु जयसुरियासँग भेट-वार्ता गर्नुभएको छ।

         सो अवसरमा अध्यक्ष यूले सन् 2014 मा राष्ट्राध्यक्ष सी चिन फिङले श्रीलंकाको ऐतिहासिक भ्रमण गरेबाट चीन-श्रीलंका सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याइएको बताउनुभयो। यस वर्ष चीन-श्रीलंका दौत्य सम्बन्ध स्थापना भएको साट्ठीऔँ वर्षको अवसरमा दुई पक्षले दुई देशका नेताबीचको महत्वपूर्ण सहमतिहरु पालना गरी चीन-श्रीलंका रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अरु विकास गर्नुपर्ने पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले चीनको राजनीतिक परामर्शदात्री सम्मेलनले श्रीलंका संसदसँग आदान-प्रदान र सहयोगलाई बढाएर दुई देशबीचको सम्बन्ध अघि बढाउन सहयोग गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

           यसैगरी सभामुख कारुले श्रीलंका-चीन सम्बन्धको दुई हजार वर्षभन्दा लामो इतिहास छ भन्दै केही वर्षयता दुई देशबीच रणनीतिक सहयोग साझेदारी सम्बन्ध विकासको बलियो प्रवृत्ति देखिएको विचार व्यक्त गर्नुभयो। उहाँले श्रीलंकाले आफ्नो आर्थिक तथा सामाजिक विकासमा चीनले दिएको समर्थन तथा सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले श्रीलंकाले एक चीनको नीतिमा अडिग रहेर एक पेटी एक मार्ग नीतिको समर्थन दिई श्रीलंका-चीन स्वतन्त्र व्यापार वार्ताको समर्थन गर्ने भन्दै चीनसँग अरु बढी मैत्रीपूर्ण आवत-जावत गर्ने इच्छा श्रीलंकाले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु