फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्टकहोममा एउटा ट्रक भीडमा घुस्दा तीन जनाको मृत्यु

(GMT+08:00) 2017-04-08 14:25:30
        स्वीडेन प्रहरीका अनुसार, सात तारिख स्वीडेनको राजधानी स्टकहोमको केन्द्रमा एक ट्रक भीडभित्र घुस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्।

         स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेनले पत्रकारसँग कुराकानी गर्दै स्वीडेनमाथिको यो प्रहारका सबै संकेतले आतंकवादी गतिविधि भएको ठहर गर्नुभयो।

         त्यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले सात तारिख एउटा वक्तव्य प्रकाशित गरी स्वीडेनमा भएको उक्त हिंसात्मक आतंकबादी गतिबिधिको कडा निन्दा गर्नुका साथै घाइतेका परिवारप्रति सहानुभूति व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघले स्वीडेन सरकार र जनतालाई समर्थन दिनुका साथै उक्त गतिविधि गर्ने व्यक्ति छिटै पक्राउ पर्ने आशा लिएको पनि वक्तव्यमा उल्लेख छ।

         यसैगरी सात तारिख आयोजित सुरक्षा परिषद सम्मेलनमा विभिन्न प्रतिनिधिले भाषण दिँदै सो गतिबिधिको निन्दा गरेका छन्।

जानकारी तथा लेखहरु