फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तान सुरक्षा सेनाको कारवाहिमा 28 सशस्त्र विद्रोहीको मृत्यु

(GMT+08:00) 2017-04-08 14:25:56

       अफगानिस्तानको रक्षा मन्त्रालयले सात तारिख एउटा वक्तव्य प्रकाशित गर्दै विगत चौबीस घण्टाभित्र संचालित सैनिक कारवाहिमा 28 जना सशस्त्र विद्रोही मारिएको जनाएको छ।

         सो वक्तव्यमा अफगानिस्तानी सेना, प्रहरी तथा गुप्तचर विभागले तेह्र वटा प्रान्तमा संयुक्त सैनिक कारवाही चलाएको उल्लेख छ। तेह्र जना तालिवान  सशस्त्र समूहका सदस्य तथा पन्ध्र जना "इस्लामिक स्टेट"का सदस्य मारिएका छन्।

          प्राप्त अर्को समाचारका अनुसार, अफगानिस्तान राष्ट्रिय सुरक्षा व्यूरोद्बारा सार्वजनिक एउटा वक्तव्यमा हालै सुरक्षा सेनाले अफगानिस्तानको उत्तरमा पर्ने सामानगान प्रान्तमा एक जना तालिवान सशस्त्र समूहका क्षेत्रीय जिम्मेवार व्यक्तिलाई पक्राउ गरेको छ।

जानकारी तथा लेखहरु