फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया परिस्थिति झन् जटिल हुनबाट रोक्नुपर्ने चीनको भनाइ

(GMT+08:00) 2017-04-08 14:26:21

       संयुक्त राष्ट्रसंघका लागि चीनका प्रतिनिधि लिउ च्ये यीले सात तारिख वार्तामार्फत् अन्तर्राष्ट्रिय द्बन्द्ब समाधान गर्ने चीनको लगातार अडान हो भन्दै हालै सिरिया परिस्थितिमा आएको गिरावट रोक्नका लागि विभिन्न पक्षले प्रयास गर्नेपर्ने आवश्यकता औंल्याउनुभएको छ।

        सात तारिख सुरक्षा परिषदले सिरिया समस्याबारे खुल्ला बहस आयोजना गरेको थियो। प्रतिनिधि लिउ च्ये यीले सिरिया भिडन्तमा धेरै सर्वसाधारणहरु हताहत भएकामा चीनका तर्फबाट सिरियाली जनताप्रति दुःखका साथ हार्दिक समानुभूति व्यक्त गर्नुभयो। उहाँले वार्तामार्फत् सिरिया समस्या समाधान गर्ने एकमात्र उपाय भएको बताउनुभयो। उहाँले संयुक्त राष्ट्र संघको मध्यस्थतालाई चीनले समर्थन गर्ने र जेनेभा शान्ति वार्तालाई अघि बढाउन चाहेको बताउनुभयो।

         उहाँले हालै सिरियाका केही क्षेत्रमा आतंकवाद विरोधी परिस्थितिमा नयाँ जटिल अवस्था देखापरेकोले अन्तर्राष्ट्रिय समाजद्बारा सम्बन्धित अवस्थाप्रति उच्च ध्यान दिन आवश्यक रहेको र सुरक्षा परिषदमा राखिएको सबै आतंकवादी समूहमाथि प्रहार गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु