फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको पहिलो भेटवार्ता आपसी समझदारीका लागि सकारात्मक भएको परराष्ट्रमन्त्री वाङ्ग यीको भनाइ

(GMT+08:00) 2017-04-08 15:49:28

       अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्राम्पको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल छ र सात तारिख अमेरिकाको भ्रमण गरी फ्लोरिडा राज्यको मार आ लागोमा राष्ट्रपति ट्रम्पसँग भेट-वार्ता गर्नुभयो। वार्ता भएपछि चीनका परराष्ट्रमन्त्री वाङ यीले पत्रकारसँग कुराकानी गर्दै वार्ताको अवस्थाबारे जानकारी दिनुभयो।

         मन्त्री वाङले अमेरिकामा नयाँ सरकार गठन भएयता चीन-अमेरिका नेताबीचको पहिलो साक्षात्कारमा दुई नेताले सात घण्टाभन्दा लामो समयसम्म गहिरो रुपमा आदान-प्रदान गरी चीन-अमेरिका सम्बन्ध र साझा रुचीका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे बैचारिक आदान-प्रदान गर्दै मतैक्यता हासिल गरेको जानकारी दिनुभयो। दुवै पक्षले यो भेटवार्ता सक्रिय तथा उपलब्धियुक्त रहेको ठहर गर्नुका साथै वार्ताले चीन-अमेरिका सम्बन्धको विकासलाई रचनात्मक आधार प्रदान गरी दुवै पक्षको साझा दिशानिर्देश गरेको बताउनुभयो।

       मन्त्री वाङले दुई नेताले आ-आफ्नो शासन विचार र आन्तरिक तथा कूटनीतिक प्रकृयाबारे आपसी जानकारी दिएर आपसी बुझाइ बढाएको भन्दै दुवै पक्षले यस वार्ताको उच्च मूल्याङ्कन गरेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु