फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा गाउँ पर्यटन विकासका लागि शुक्रबारदेखि होमस्टे मेला

(GMT+08:00) 2017-04-09 14:14:59

         पर्यटकीय नगरी पोखरामा गाउँ पर्यटन विकासका लागि शुक्रबारदेखि होमस्टे मार्ट सुरु भएको छ। गाउँमा सञ्चालनमा रहेका होमस्टे प्रवद्र्धनका लागि पोखराको ड्यामसाइटस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा होमस्टे मार्ट सुरु भएको हो। होमस्टे मार्ट तथा कार्यशाला 2073 मा गण्डकी र धौलागिरिका विभिन्न गाउँमा होमस्टे सञ्चालनकर्मीले आ–आफ्नो गाउँमा घुम्न आउन मार्टमा सहभागी हुन आएका अतिथिलाई निम्तो दिएका छन्। मार्टमा 22 वटा होमस्टेका 26 स्टल छन्।

        गाउँ पर्यटन विकासका लागि आयोजित कार्यक्रममा पर्यटनविद झलक थापाले गाउँगाउँमा सञ्चालनमा रहेका होमस्टे नेपाल चिनाउने सशक्त माध्यम भएको बताउँदै पर्यटन विकासका लागि नेपाली पन र नेपाली मन हुनुपर्नेमा जोड दिनुभयो। नेपाली परम्परागत संस्कृतिको अध्ययन र अवलोकन गर्न आउने पर्यटकका लागि होमस्टे महत्ववपूर्ण रहेको जनाउँदै थापाले गाउँको प्राचीन कला संस्कृति संरक्षण गर्दै होमस्टेको विकास हुनुपर्ने बताउनुभयो।

         मार्टमा भएको होमस्टे अवको बाटो विषयक छलफल कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख दीपकराज जोसीले गाउँगाउँमा रोजगारीका अवसर सिर्जना गर्न महत्ववपूर्ण माध्यम होमस्टे बन्दै गएको बताउँदै पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको सुनाउनुभयो। पर्यटन बोर्डले पर्यटकीय गाउँको प्रवर्द्धनका लागि छुट्टै वेभसाइट बनाउने बताउनुभयो।

         2054 सालदेखि स्याङ्जाको सिरुबारीबाट सुरु भएको होमस्टे पछिल्लो समय देशमा विभिन्न गाउँको पर्यटन विकासका लागि महत्वपूर्ण माध्यम हुँदै गएको गाउँ पर्यटन प्रवद्र्धन मञ्चका पूर्वमहासचिव राजकुमार थापाले बताउनुभयो।

         गाउँको आर्थिक स्वावलम्बनका लागि सञ्चालनमा रहेका होमस्टेले महत्ववपूर्ण भूमिका खेलेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो। गाउँमा रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले होमस्टेको व्यावसायीकरणमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पर्यटनलाई गाउँसम्म पुर्‍याउन होमस्टे नेपालको मौलिक विधा भएको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले बताउनुभयो।

          गाउँमा सञ्चालन भएका होमस्टेले संसारभरका पर्यटकलाई लोभ्याउँदै गएको पत्रकार अमृत भादगाउँलले बताउनुभयो। होमस्टेको सम्भावना र चुनौतीका विषयमा पनि छलफल भएको थियो। मेलामा सहभागी होमस्टेका गाउँका पर्यटन व्यवसायीले होमस्टे सञ्चालनबाट रोजगारीका अवसर सिर्जना भए पनि अझै व्यावसायिक भइनसकेको बताए। 2070 सालमा 12 घरबाट सुरु भएको होमस्टे अहिले 18 घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्य रहेको छ।

          कार्यक्रममा पोखराको लेकसाइडबाट बाजागाजासहित होमस्टे मार्टमा सहभागी विभिन्न जिल्लाका गाउँका पर्यटन व्यवसायीले झाँकी प्रस्तुत गरेका थिए।

जानकारी तथा लेखहरु