फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इन्टरनेटमा लगानी र सूचनाको पहुँचमा नेपालको प्राथमिकताका

(GMT+08:00) 2017-04-09 14:15:41

         सरकारले इन्टरनेटमा लगानी र सूचनाको पहुँच बढाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम खर्च गरेर ब्रोडब्यान्ड इन्टरनेटको पहँच बढाउने कामलाई तीव्रता दिएको छ । प्राधिकरणमार्फत आगामी दुई वर्ष भित्रमै करिब 15 अर्ब रुपैयाँ इन्टरनेटमार्फत सूचना पहुँच विस्तारमा खर्च हुने भएको अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ।

         प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको पैसाबाटै मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउने गरी काम अगाडि बढाइरहेको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचना महामार्ग बनाउन दुई चरणको ठेक्का भएसकेको जानकारी दिए । अब एक चरणको ठेक्का बाँकी छ । 75 वटै जिल्ला सदुमुकाम जोड्ने सूचना महामागको पूर्वाधारबाट हरेक सामुदायिक विद्यालय, स्वास्थ्यचौकी र गाविसमा इन्टरनेट पुग्नेछ।

         प्राधिकरणे पहिलो चरणमा 1 देखि 3 नम्बर प्रदेशसम्मको ठेक्का नेपाल टेलिकमलाई दिएको छ। टेलिकमले करिब पौने पाँच अर्ब रुपैयाँ खर्च गरेर मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम अगाडि बढाइ सकेको छ। टेलिकमले ताप्लेजुङको चियो भञ्ज्याङदेखि काभ्रेको पाँचखालसम्म अप्टिकल फाइबर बिछ्याउने गरी प्रक्रिया अगाडि बढाएको छ। तेस्रो चरणबाट प्राधिकरणले 6 र 7 प्रदेशका लागि कम्पनी छनोट गर्ने तयारीमा छ। यसका लागि हालसम्म स्मार्ट टेलिकमले मात्रै आवेदन पेस गरेकाले यसको डकुमेन्ट मूल्यांकनको चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु