फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ्गको भ्रमण फिनल्याण्ड अमेरिका भ्रमण फलदायी भएको परराष्ट्र मन्त्री वाङ यीको भनाइ

(GMT+08:00) 2017-04-09 14:22:42

       चार तारिखदेखि सात तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिंगले फिनल्याण्डको भ्रमण गर्नुका साथै अमेरिकामा चीन-अमेरिका नेताबीचको भेट-वार्तामा सहभागिता जनाउनुभयो। भ्रमण सम्पन्न भएपछि चीनका परराष्ट्रमन्त्री वाङ यीले भ्रमणबारे जानकारि दिनुभएको छ।

      परराष्ट्र मन्त्री वाङ यीले हाल विश्वमा धेरै ठूलो परिवर्तन देखिरहेको बताउँदै अन्तर्राष्ट्रिय ढाँचाको झन् झन् परिवर्तनको अवस्थामा विश्वले अमेरिकी नयाँ सरकारको घरेलु र विदेशी नीतिप्रति उच्च ध्यान दिएको र यूरोपको एकीकरण प्रक्रियामा नयाँ परिवर्तन देखेको बताउनुभयो। उहाँले राष्ट्राध्यक्ष सीको यस पटकको भ्रमणको धेरै महत्वपूर्ण अर्थ रहेको र धेरै गहन सफलता प्राप्त गरेको औंल्याउनुभयो।

       उहाँले फिनल्याण्ड उत्तर यूरोपका धेरै महत्वपूर्ण मुलुकमध्ये एक हो भन्दै चीन र फिनल्याणडबीचको सम्बन्ध सँधै नै स्थिर र स्वस्थ रुपमा विकसित हुँदै गएको बताउनुभयो। उहाँले राष्ट्राध्यक्ष सीको भ्रमणबाट दुवै मुलुक बीचको मित्रताको नयाँ अध्याय खोलिएको पनि बताउनुभयो।

      मन्त्री वाङले विश्वमा प्रभावशाली ठूला मुलुक चीन र अमेरिकाबीचको सम्बन्ध विश्वका लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले दुवै मुलुक बीचको सम्बन्ध दीर्घकालिन, स्वस्थ तथा स्थिर रुपमा विकास गर्न दुवै मुलुकका जनताको हित अनुकूल मात्र नभई अन्तर्राष्ट्रिय समाजको आशा अनुकूल हुनेछ भन्नुभयो। उहाँले एक दिनको समयमा राष्ट्राध्यक्ष सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग धेरै पटक वार्ता गर्नुभएको र चीन-अमेरिका सम्बन्ध, साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे व्यापक रुपमा छलफल गर्नुभएको जानकारी दिनुभयो। उहाँले दुवै मुलुकका नेता क्रमशः एकमत भएकाले यस पटकको भ्रमणबाट दुवै मुलुकका नेताबीचको जानकारी र विश्वास बढाएको, आगामी दिनमा दुवै मुलुकको सम्बन्ध विकासको दिशा र सिद्धान्तलाई तोकिएको, र द्बिपक्षीय सहयोगको प्रणालीलाई योजनावद्ध गरेको जानकारी दिनुभयो।

      भ्रमणको अवधिमा राष्ट्राध्यक्ष सीले विदेशमा चीनको विकास धारणाबारे जानकारी दिनुका साथै चीनले आपसी हित र साझा समृद्धिको लचिलो रणनीति पालना गर्ने पनि मन्त्री वाङले स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु