फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय संगठनद्वारा गरिएको हवाई प्रहारमा सिरियामा पन्ध्र जनाको मृत्यु

(GMT+08:00) 2017-04-09 14:23:40
     सिरियाली सञ्चारमाध्यमका अनुसार, अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय संगठनले आठ तारिख सिरियाको उत्तरी भागको अल-राखाह प्रान्तको एउटा गाउँ क्षेत्रमा हवाई प्रहार गरेको छ। त्यस क्रममा कम्तीमा पन्ध्र सर्वसाधारण मारिएका छन्।

     सिरियाली समाचार समितिले मृत्यु भएका सर्वसाधारणहरुमा तीन जना बालबालिका रहेका र अरु धेरै जना गम्भीर घाइते भएको जनाएको छ।

      प्राप्त समाचारका अनुसार, अन्तर्राष्ट्रिय संगठनहरुले गत महिना अल-राखाहको एउटा स्कूल र अलेप्पो प्रान्तको एउटा मस्जिदमा हवाई प्रहार गर्दा क्रमशः 33 र 44 जनाको मृत्यु भएको थियो।

       सन् 2014को सेप्टेम्बरमा अमेरिका आदि मुलुक अन्तर्राष्ट्रिय संगठन तयार पारी सिरिया र इराकभित्रका "इस्लामिक स्टेट"विरुद्ध प्रहार थालिएको थियो। तर सिरियाली सरकारले यो कारवाही संयुक्त राष्ट्र संघको इच्छा विपरीत भएको र धेरै सिरियाली सर्वसाधारण हताहत भएकोमा आलोचना गरेको छ।

जानकारी तथा लेखहरु