फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका नेताबीच वार्तामा विभिन्न विद्वानद्वारा सक्रिय मूल्याङ्कन

(GMT+08:00) 2017-04-09 14:24:08

       अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल छ र सात तारिख अमेरिकाको भ्रमण गर्नुका साथै उहाँले अमेरिकाको फ्लोरिडा राज्यको मार आ लागोमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुभयो। सो अवसरमा दुई नेताले चीन-अमेरिका सम्बन्ध र साझा रुचीका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे बैचारिक आदान-प्रदान गरी धेरै महत्वपूर्ण सहमति हासिल गर्नुभयो।

       विभिन्न देशका विद्वानले दुई नेताले यस वार्ताबाट आपसी बुझाइ बढाएर असल कार्य तथा व्यक्तिगत मित्रता स्थापना गरी चीन-अमेरिका सम्बन्धको विकासलाई दिशानिर्देश गरेको विचार व्यक्त गरेका छन्।

       अमेरिकी पूर्व विदेशमन्त्री एवम् किसिन्गर एसोसिएट कम्पनीका उपाध्यक्ष रोबर्ट होर्माट्सले दुई नेताले साक्षात्कार वार्ता गरी नयाँ कालको चीन-अमेरिका सम्बन्धलाई विकासको दिशा देखाएर असल व्यक्तिगत सम्बन्ध स्थापना गरेको विचार व्यक्त गरे।

         पाकिस्तानको नैतिक अध्ययन केन्द्रका प्रमुख खालिद राहमानले ट्रम्पले आफू र राष्ट्राध्यक्ष सीबीच असल कार्य तथा व्यक्तिगत सम्बन्ध स्थापना भएको बताएबाट दुई पक्षले मिलेर आपसी, क्षेत्रीय र अन्तर्राष्ट्रिय समस्याको समाधान गर्ने विषयमा देखाएको सक्रिय संकेतको प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु