फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका नेताबीचको भेटवार्ताप्रति सिन्ह्वा समाचार समितिको समीक्षा

(GMT+08:00) 2017-04-09 14:24:47

       सिन्ह्वा समाचार समितिले अप्रिल आठ तारिख "नयाँ सुरुवातमा चीन-अमेरिका सम्बन्धको अझ वृहत विकास प्रवर्द्धन" शीर्षक टिप्पणी लेख सार्वजनिक गरेको छ।

        लेखले चीन-अमेरिका दौत्य सम्बन्ध सामान्य भएको 45 वर्षको प्रकृयाबाट चीन-अमेरिका असल सम्बन्धले दुई देश र दुई देशका जनतालाई मात्रै होइन, विश्वलाई पनि फाइदा पुर्‍याउन सक्ने दोहोर्‍याएको छ। भविष्यमा चीन-अमेरिका सम्बन्ध कसरी विकास हुनेबारे चर्चा गर्दै लेखले यसको लागि दुई नेताले राजनीतिक दृश्य र ऐतिहासिक जिम्मा लिएर विचार गरी नयाँ सुरुवातमा चीन-अमेरिका सम्बन्धको थप विकास प्रबर्द्धन गर्न चाहेको व्यक्त गरेको छ।

        चीन र अमेरिकाले निश्चित विकास दिशामा दृढ भएर व्यवहारिक रुपमा दौत्य सम्बन्धलाई अरु बढाएर मैत्रीपूर्ण सहयोगलाई गहन पारेको खण्डमा चीन-अमेरिका सम्बन्धलाई विकसित पार्न र दुई देश तथा दुई देशका जनताका लागि फाइदा पुर्‍याउन सक्ने कुरा पनि लेखमा लेखिएको छ।

जानकारी तथा लेखहरु