फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टर्कीका राजनीतिक दलहरुद्वारा संविधान संशोधनबारे चर्चा

(GMT+08:00) 2017-04-09 14:25:13

       टर्कीका विभिन्न राजनीतिक दलले बेग्ला बेग्लै भेला गरी संविधान संशोधन मतदानको लागि आ-आफ्नो विचार प्रचार-प्रसार गरेका छन्। टर्कीका राष्ट्रपति रेसेप तायीप एर्दोगानको सत्तारुढ दलले राष्ट्रपतिय प्रणालीको फाइदामा जोड दिएको छ भने विपक्षी दलहरुले संविधान संशोधनबाट संसदको अधिकारलाई सीमित हुने विचार लिएका छन्।

        टर्की सत्तारुढ दल एवम् न्याय तथा विकास पार्टीले इस्तानबुलमा भेला गरी दशौँ लाखलाई आकर्षित गरेको छ। भेलामा राष्ट्रपति एर्दोगानले मतदान गरी संविधान संशोधनमा समर्थन दिएबाट टर्कीको संसदीय प्रणालीलाई राष्ट्रपति प्रणालीसम्म परिवर्तन गरिने र जसले आईएस र आन्तरिक सरकार विरोधी संगठन कुर्दिश कर्मचारी पार्टीमाथि प्रहार गर्न सहयोग दिने बताउनुभयो।

        टर्कीको सबैभन्दा ठूलो विपक्षी दल एवम् द रिपब्लिकन पिपुल्स पार्टीले पनि भेला गरेको छ। सो दलका अध्यक्ष केमाल किलिचदारोग्लुले संविधान संशोधनले संसदको अधिकारलाई सीमित पारी पूर्ण अधिकारलाई एक मान्छेको हातमा राख्ने कुरामा सचेत गराउनुभयो।

जानकारी तथा लेखहरु