फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल

(GMT+08:00) 2017-04-10 14:01:09

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्नु भएको छ। राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग तराई–मधेसलगायत समसामयिक विषयमा छलफल गर्नु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले अहिलेसम्म देशमा प्राप्त उपलब्धि संस्थागत गर्दै थप उपलब्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने तथा निर्वाचनमार्फत प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिने बताउनुभयो।

राष्ट्रपति भण्डारीले क्षेत्रीयता र जातीयताभन्दा पनि समग्र राष्ट्रियताको भावनालाई अगाडि बढाउन बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने र त्यसका लागि बुद्धिजीवीले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो सोही अवसरमा बुद्धिजीवीहरुले अझै पनि राजनीतिक अवस्था बिग्रिनसकेको हुँदा वार्ता र संवादमार्फत सहमति गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रपतिबाट पहल गरिदिन आग्रह गरे।

रासस

जानकारी तथा लेखहरु