फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक तवरले सिरिया समस्याको समाधान गर्नुपर्ने चीनको भनाइ

(GMT+08:00) 2017-04-10 18:37:01

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अप्रिल दश तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा राजनीतिक तवरले सिरिया समस्याको समाधान गर्नु एक मात्र वास्तविक उपाय रहेको औंल्याउनुभएको छ। संयुक्त राष्ट्र संघको सम्बन्धित संस्थाले शंकास्पद रुपमा रासायनिक अस्त्रको प्रयोग गर्ने सबै काण्डको स्वतन्त्र र सम्पूर्ण रुपमा छानबीन गर्ने कुरा चीनले समर्थन गरेको कुरा पनि उहाँले बताउनुभएको छ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा सिरियाली जनताले आफ्नो देश विकास गर्ने बाटोको छनौट आफैँ गर्ने कुराको अन्तर्राष्ट्रिय समाजले सम्मान गर्नुपर्ने पनि प्रवक्ता ह्वाले व्यक्त गर्नुभएको छ।

राजनीतिक तवरले सिरिया समस्याको समाधान गर्नु नै एक मात्र वास्तविक उपाय रहेको भन्दै विभिन्न पक्षहरूसँग मिलेर संयुक्त रुपमा तुरुन्तै सिरिया समस्याको समाधान गर्न सकिने आशा चीनले गरेको पनि प्रवक्ता ह्वाले बताउनुभएको छ।

जानकारी तथा लेखहरु