फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा इजिप्टमा भएको आतंकवादी हमलाको कडा निन्दा

(GMT+08:00) 2017-04-10 18:37:50

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अप्रिल दश तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा इजिप्टमा भएको दुर्ईवटा आत्मघाती आतंकवादी विस्फोट हमलाको चीनले कडा शब्दमा निन्दा गरेको बताउनुभएको छ।

अप्रिल नौ तारिख इजिप्टका दुईवटा शहरमा अघिपछि गरी आत्मघाती आतंकवादी विस्फोट हमला हुँदा चालीसभन्दा बढी मानिसको मृत्यु हुनुका साथै अन्य एक सयभन्दा बढी घाइते भएका छन्। इस्लामिक स्टेट संगठनले उक्त दुईवटा विस्फोटन हमलाको जिम्मेवारी लिएको छ।

चिनियाँ नेताले इजिप्टेली नेतालाई सम्वेदना संदेश पठाउनुभएको बताउँदै प्रवक्ता ह्वाले सबै खालका आतंकवादको चीनले विरोध गर्नुका साथै अन्तर्राष्ट्रिय समाजसँगै मिलेर आतंकवाद विरोधी सहयोगलाई सबल पार्दैजान चीन इच्छुक रहेको कुरा पनि बताउनुभएको छ।

जानकारी तथा लेखहरु