फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा इजिप्टका राष्ट्रपतिलाई समवेदना सन्देश

(GMT+08:00) 2017-04-10 19:27:35

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले अप्रिल दश तारिख इजिप्टका राष्ट्रपति अब्डेल फताह अल सिसीलाई समवेदना सन्देश पठाउनु भएको छ। सीले समवेदना सन्देशमा नौ तारिख इजिप्टको टान्टा शहर र अलेक्जेन्ड्रिया शहरका चर्चहरूमा भएको आतंकवादी विस्फोटन हमलामा मृत्यु भएकाहरूप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै इजिप्टका राष्ट्रपति सिसी, मृतकहरूका नातेदार, घाइते भएकाहरूलाई समवेदना व्यक्त गर्नुभएको छ।

सीले समवेदना सन्देशमा चीनले सबै तरिकाको आतंकवादको दृढताका साथ विरोध गरेको उल्लेख गर्दै उक्त हमला घटनाको कडा निन्दा गरेको कुरा बताउनुभएको छ। चिनियाँ जनताले इजिप्टका जनतासँगसँगै उभिएर राष्ट्रिय सुरक्षा तथा स्थिताको संरक्षण गर्न र आतंकवादमाथि प्रहार गर्नका लागि इजिप्टले गरेको प्रयासको समर्थन दिने कुरा उहाँले स्पष्ट पार्नु भएको छ।

जानकारी तथा लेखहरु