फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केरुङ सडक सुचारु भएसंगै 13 हजार मतपेटीको रसुवागढी ल्याउने तयारी

(GMT+08:00) 2017-04-11 14:21:00

चीनको केरुङ भन्दामाथि पाङसिङमा 10 दिन अघि आइपुगेको मतपेटीका नेपाल ल्याउने तयारी भैरहेको छ। त्यहाँ 13 हजार 2 सय 30 मतपेटीका छन्। मतपेटिका ल्याउनका लागि कन्टेनर पाउन कठिनाई भैरहेको व्यापारी धर्मलाल श्रेष्ठले बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

मतपेटीका आइतबार 1/2 वटा कन्टेनरमा लोड भएको उहाँले बताउनुभयो। 'अझै कन्टेनर गाडी अपुग भएको छ,' उहाँले भन्नुभयो, 'दैनिक 1 सय 50 कन्टेनर केरुङ आएमात्र सबै सामान रसुवागढी झर्ने छ।' भएका मतपेटीका नेपाल ल्याउन 35 वटा कन्टेनर चाहिने र एउटा कन्टेनर गाडीमा 3 सय 78 वटा मात्र मतपेटिका अटाउने उहाँले जानकारी दिनुभयो।

सुख्खा पहिराले आधा महिनादेखि अवरुद्ध भएको चीनको रेसुओपोर्ट—केरुङखण्डको ठोङसा सडक आइबार दिउँसोबाट सुचारु भएको छ। चीनले पहिरोग्रस्त क्षेत्र ठोङसाभन्दा मुनि रहेको स्थानमा सुरुङ मार्ग बनाउने क्रममा पहरो विष्फोट गराउँदा झरेको सुख्खा पहिरो खसेको थियो। चिनियाँ अधिकारीले पहिरो पन्छाई वैकल्पिक सडक बनाएपछि बाटो सुचारु गरेको केरुङमा रहेका कन्टेनर व्यवसायी तथा व्यापारी धर्मलाल श्रेष्ठले जानकारी दिनुभयो।

'बल्ल सडक खुलेको छ,' उहाँले भन्नुभयो, 'बाटो संचालनमा आएसँगै 40 कन्टेनर स्याउ बोकेका गाडी रसुवागढी झरे।' ती गाडी तीनदिन अघि लोड भएर केरुङमै थन्किएका थिए। नेपाल—चीनबीच जोड्ने मितेरी पुल पारिको रहेको चीनको भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालय रहेको भवनलाई चिनीयाँहरुले रेसुओपोर्ट भन्ने गर्छन्।

उक्त रेसुओपोर्टदेखि केरुङसम्मको दुरी 24 किलोमिटर छ। सडक संचालनमा आएको स्थान रेसुओपोर्टदेखि 12 किमी पश्चिमोत्तर भागमा रहेको छ। चीनको केरुङदेखि पासङसिङ 5 किमी दुरीमा छ।

जानकारी तथा लेखहरु