फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटक भित्र्याउन 'नमस्ते अभियान'

(GMT+08:00) 2017-04-11 14:24:39
चितवनको सौराहामा पर्यटन प्रवद्र्धन उद्देश्यले 'नमस्ते अभियान' थालिएको छ। स्थानीय व्यवसायीले यहाँ आउने बाह्य पर्यटकलाई नेपाली सत्कार परम्पराबाट आकर्षित तुल्याउन यस्तो अभियान अगाडि बढाएका हुन्।

पर्यटन बोर्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँगको समन्वयमा मुलुकभरका पर्यटकीय गन्तव्यमा यो अभियान सञ्चालन गरेको हो। सौरहामा क्षेत्रीय होटल संघ र रेस्टुरेन्ट तथा बार एसोसिएसनले सहकार्य गरेका हुन्। आयोजित कार्यक्रममा सहभागीले पाहुनाको सत्कारमा मौलिकतामा दिने बताएको कान्तिपुर अनलाइनले लेखेको छ।

यसरी गरिने स्वागतले पर्यटकले फर्किसकेपछि पनि सम्झिरहने व्यवसायीको राय छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ र पर्यटनसँग सम्बन्धित संघसंस्थाको पहलमा अभियान सुरु गरिएको हो।

बाह्य पर्यटकको आगमनलाई बढाउन नेपाली सत्कार 'अतिथि देवो भव:' लाई आत्मसात् मान्दै 'नमस्ते अभियान' सुरु गरिएको क्षेत्रीय होटल संघ अध्यक्ष सुमन घिमिरेले बताउनुभयो। 'चितवनसहित पोखरा, काठमाडौं र लुम्बिनीबाट एकैसाथ नमस्ते अभियान थालिएको हो,' उहाँले भन्नुभयो।

नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण कार्यले गर्दा सडक यातायात भरपर्दो र सुरक्षित नभएकाले चितवनप्रति अन्तर्राष्ट्रि्रय समुदायमा नकारात्मक असर परेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरे। 'यो पर्यटक भित्रिने समय हो,' अध्यक्ष घिमिरेले भन्नुभयो, 'हालसम्म 40 प्रतिशतभन्दा बढी आएका छैनन्।'

जानकारी तथा लेखहरु