फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र नव नियुक्त हङ्गकङ्ग विशेष प्रशासक बीच भेटघाट

(GMT+08:00) 2017-04-11 15:34:49

चीनका प्रधानमन्त्री ली खछ्याङले अप्रिल एघार तारिख विहान केरी ल्याम छेङ युएथ न्गोरसँग भेट गर्दै उहाँलाई जनगणतन्त्र चीनको हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रशासक नियुक्तपत्र प्रदान गर्नुभएको छ।

भेटमा प्रधानमन्त्री लीले केरी ल्यामलाई बधाई दिँदै केन्द्रीय सरकारले विशेष प्रशासनिक क्षेत्र सरकारको कार्यको समर्थन गर्दै हङ्गकङ्गको आर्थिक विकास, जनजीवनको सुधार, प्रजातन्त्रको बढावा, मेलमिलापयुक्त वातावरण तथा मुख्य भूमिसँगको आदानप्रदान एवम् सहयोगलाई सबल पार्न पूर्ण समर्थन दिँदै जाने विषयमा प्रकाश पार्नुभएको छ।

केरीले हङ्गकङ्गको विकासलाई नयाँ स्तरमा पुर्‍याउन स्थिर वातावरण सिर्जना गर्ने आशा पनि प्रधानमन्त्री लीले प्रकट गर्नुभएको छ।

भेटको अवसरमा नव प्रशासक केरीले आफ्नो कर्तव्यलाई पूरा गर्दै केन्द्रीय सरकारको विश्वास तथा हङ्गकङ्गबासीहरुको अपेक्षालाई व्यवहारमा उतार्ने पुष्टि गर्नुभएको छ।

जानकारी तथा लेखहरु