फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बीपको परिस्थितिमा चीनको धारणा

(GMT+08:00) 2017-04-11 15:35:51

कोरियाली प्रायद्बीपको परिस्थिति सम्बन्धी विभिन्न पक्षहरुले संयम अपनाउनुपर्ने धारणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले स्पष्ट पार्नुभएको छ।

अप्रिल दश तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उत्तर कोरियाले हालै छैटौँ पटक आणविक परिक्षण गर्ने सम्भावना व्यापक बन्दै गएकामा अमेरिकी युद्धपोतहरु दक्षिण कोरियाको समुद्र वरिपरि भेला भएकाले कोरियाली प्रायद्बीपको परिस्थिति अझ तनावपूर्ण बन्दै गएको बारेमा चीनले के विचार लिएको छ भन्ने प्रश्नको जवाफ दिँदा प्रवक्ता ह्वाले उक्त कुरा भन्नुभएको हो।

प्रवक्ता ह्वाले कोरियाली प्रायद्बीपको परिस्थितिमा चीनले घनिष्ट नजर पुर्‍याउँदै आएको र वर्तमान स्थितिमा सम्बद्ध विभिन्न पक्षहरुले संयम अपनाएर क्षेत्रीय परिस्थितिलाई तनावपूर्ण पार्ने गतिविधि नगर्ने औँल्याउनुभएको छ।

चीनले प्रस्तुत गरेको कोरियाली प्रायद्बीपको आणविक समस्या समधान विचार तथा सुझावको विचार गर्दै सम्बद्ध विभिन्न पक्षहरले रचनात्मक प्रक्रिया जनाउने आशा पनि प्रवक्ता ह्वाले प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु