फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र अमेरिकी सांसद प्रतिनिधि मण्डल बीच भेटघाट

(GMT+08:00) 2017-04-11 16:06:59
चीनका प्रधानमन्त्री ली खछ्याङले अप्रिल दश तारिख विहान अमेरिकी नव काँग्रेस स्थापित भएपछि यहाँको भ्रमणमा रहेका पहिलो अमेरिकी माथिल्लो तथा तल्लो सदनका साँसद प्रतिनिधि मण्डलसँग भेट गर्नुभएको छ।

चीन-अमेरिका दौत्य सम्बन्ध स्थापित भएको अठतीस वर्षपछि, आपसी सम्बन्ध समष्टिगत रुपमा अघि बढ्दै गएको र ऐतिहासिक उपलब्धि पनि हासिल गरिएको चीनका प्रधानमन्त्री लीले औँल्याउनुभएको छ। केही दिनअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट-वार्ता सफल भएको र श्रृंखलाबद्ध मतैक्य हासिल गरिएको बताइएको छ। अमेरिकासँग विभिन्न क्षेत्रमा हुने सहयोग तथा विभिन्न स्तरका आदानप्रदान एवम् वार्ता गर्दै चीनले पारस्परिक समानता, हितयुक्त आधारमा चीन-अमेरिका सम्बन्धमा अझ ठूलो प्रगति हासिल गराउने आशा लिएको छ। प्रधानमन्त्री लीले अझ धेरै अमेरिकी साँसदहरु चीनको भ्रमण गर्न आउन स्वागत व्यक्त गर्नुभएको छ।

अमेरिकी सांसद प्रतिनिधि मण्डलका सदस्यहरुले अमेरिकाको सबभन्दा महत्वपूर्ण द्बिपक्षीय सम्बन्ध चीनसँगको सम्बन्ध भएको औँल्यानुभएको छ। अमेरिकी पक्षले चीनसँगको आदानप्रदानलाई सबल पार्दै आपसी हितयुक्त सहयोगको विकासकोलागि बलियो जग बसाल्ने आशा पनि प्रकट गरेको छ।

जानकारी तथा लेखहरु