फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्याको सन्दर्भमा इस्लामिक स्टेटलाई प्रहार गर्ने विषयमा महत्व दिने अमेरिकाकी भनाइ

(GMT+08:00) 2017-04-11 18:31:06

हाल सिरिया समस्याको सन्दर्भमा अमेरिकाले चरंमपन्थी संगठन इस्लामिक स्टेट र सिरियाको प्रशासनको परिवर्तन भन्ने विषयमा महत्व दिनुपर्ने कुरा अमेरिकी ह्वाइट हाउसले हिजो जनाएको छ।

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसेरले हिजै आयोजित नियमित पत्रकार सम्मेलनमा इस्लामिक स्टेटलाई प्रहार गर्नु नै सिरिया समस्याको सन्दर्भमा अमेरिकाको एउटा ध्यानाकर्षणको विषय हो भन्दै सिरियामा नयाँ नेतृत्व स्थापित गराउनका लागि आवश्यक राजनीतिक वातावरणको सिर्जना गर्नु नै अमेरिकाको अर्को ध्यानाकर्षण रहेको औँल्याउनुभएको छ।

इस्लामिक स्टेटको शक्ति कमजोर हुँदैआएको र सिरियाको भिडन्त साम्य भएको सिलसिलामा वर्तमान राष्ट्रपति बसार असादले बाध्य भएर पदच्युत्त गर्नुहुने राजनीतिक वातावरण सबल हुँदैजाने विश्वास पनि प्रवक्ता स्पाइसेरले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु