फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र नव नियुक्त हङ्गकङ्ग प्रशासक बीच भेटघाट

(GMT+08:00) 2017-04-11 18:41:03

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल एघार तारिख दिउँसो नव निर्वाचित हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रशासक केरी ल्याम छेङ युएथ न्गोरसँग भे‌टघाट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले प्रशासक केरीलाई बधाई दिनुभएको छ। चालू वर्ष हङ्गकङ्ग मात्रृभूमिमा समाहित भएको बीसौं वार्षिकोत्सव हो। राष्ट्राध्यक्ष सीले नव प्रशासक भएको केरीको काँधमा ठूलो कर्तव्य तथा गौरव भएको औंल्याउनुभएको छ। केन्द्रीय सरकारले 'एक देश दुई व्यवस्था' , 'हङ्गकङ्गबासीले हङ्गकङ्गको शासन', उच्च स्वशासनलाई कायम गर्ने निश्चितता अपरिवर्तित हुने प्रकाश पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु