फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सी चिन फिङद्बारा देशको सञ्चालनबारे चर्चा" शीर्षकको किताबको कम्बोडियाली संस्करण प्रकाशन समारोह नोपेन्हमा आयोजना

(GMT+08:00) 2017-04-12 19:09:39

चीनको राज्य परिषद्को प्रेस कार्यालय, चिनियाँ विदेशी भाषा ब्युरो र कम्बोडियाका लागि चिनियाँ दुताबासको संयोजकत्वमा "सी चिन फिङद्बारा देशको सञ्चालनबारे चर्चा" शीर्षकको किताबको कम्बोडियाली संस्करण प्रकाशन समारोह हिजो अप्रिल एघार तारिख कम्बोडियाको राजधानी नोपेन्हस्थित प्रधानमन्त्रीको आबास भवनमा भब्यताका साथ आयोजना गरिएको छ। कम्बोडियाली प्रधानमन्त्री हुसेन त्यस समारोहमा उपस्थित हुनुभएको छ। चीन र कम्बोडिया दुवै देशका राजनीतिक, वैज्ञानिक र व्यावसायिक क्षेत्र र विद्यार्थीका प्रतिनिधिहरू झण्डै सात सयभन्दा बढी अतिथिहरू त्यस समारोहमा पनि सहभागी भएका छन्।

प्रधानमन्त्री हुसेनले समारोहलाई सम्बोधन गर्दै बितेका केही वर्षयता राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा विश्वको दोस्रो ठूलो आर्थिक समुदाय चीनले सारा विश्व अर्थतन्त्रको पुन:रुत्थान र विकासका लागि महत्वपूर्ण योगदान गर्दैआएको मूल्याङ्कन गर्नुभएको छ।

उक्त किताबमा सन् 2012 को नोभेन्बरदेखि सन् 2014 को जुन महिनासम्मको अवधिमा राष्ट्राध्यक्षका 79 वटा सम्बोधन, अन्तर्वार्ता, मन्तव्य, प्रश्नत्तोर, आदेश र शुभकामना संदेशको सङ्कलन गरिएको छ।

जानकारी तथा लेखहरु