फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा भूखण्डको सार्वभौमिकता र देशको सुरक्षाको अझ संरक्षण

(GMT+08:00) 2017-04-12 19:18:28

हाल चौधौं दलाई लामाले चीन र भारत बीचको सीमा क्षेत्रको पूर्वी भागमा रहेको विवादग्रस्त क्षेत्रमा रहँदा दलाईको पुनर्जन्म र तिब्बत सम्बद्ध समस्याबारे चीन सरकारमाथि पुन: हमला गरेका छन्। त्यस अवधिमा केही भारतीय पदाधिकारीले पनि सीमा समस्याबारे गलत भनाई राखेका छन्। यस विषयबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज अप्रिल बाह्र तारिख चीनले भारतसमक्ष गम्भीर आपति उठाउँदै अझ कदम चालेर चीनको भूखण्डको सार्वभौमिकता र देशको सुरक्षाको संरक्षण गर्दैजाने कुरा बताउनुभएको छ।

दलाईको उक्त कारवाई भारतको तथाकथित धार्मिक गतिबिधिको परिधि बाहिर गएको भन्दै प्रवक्ता लुले भारतको कारवाई तिब्बत सम्बद्ध समस्या सम्बन्धी भारत सरकारको गम्भीर वचन-बद्धता विपरीत भएकाले सम्झौता-वार्तामार्फत आपसी भूखण्ड विवादको समाधानका लागि नकारात्मक असर पर्ने कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु