फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टमा तीन महिनासम्म आपतकालीन अवस्थामा लागू

(GMT+08:00) 2017-04-12 19:19:17

इजिप्ट संसदमा मतदानमार्फत देशभरि तीन महिनासम्म आपत्तकालीन अवस्था लागू हुने विधेयक पारित भएको छ। इजिप्ट राष्ट्रिय टेलिभिजनले अप्रिल एघार तारिख उक्त कुरा जनाएको हो। इजिप्टका प्रधानमन्त्री शेरिफ इस्माइलले सँसदमा सम्बोधन गर्दै वर्तमान इजिप्टमा आपत्तकालीन अवस्था लागू भएपछि देशको सुरक्षा तथा स्थिरतालाई प्रत्याभूति दिँदा सरकारी संस्था अझ लचिलो हुने औँल्याउनुभएको छ।

आपत्तकालीन अवस्था लागू भएपछि इजिप्ट सत्तामा विशेष अदालत खडा गरिने, सार्वजनिक गतिविधि सिमित पारिने लगायत अझ बढी अधिकार पाइने जनाइएको छ।

थाहा भए अनुसार, इजिप्टको उत्तरी शहर टान्टा तथा एलेक्ड्रियमा अप्रिल नौ तारिख चर्चमा लक्षित बम आक्रमण गरी कम्तिमा 44 जनाको ज्यान जानुका साथै अन्य एक सय जना घाइते थिए। उग्रबादी संगठन इस्लामिक स्टेटले ती दुईटा बम आक्रमणको जिम्मा लिएको छ।

जानकारी तथा लेखहरु