सात मुलुक समूहका विदेश मन्त्रीहरुले अप्रिल एघार तारिख टर्की, संयुक्त अरब एमिरेट्स, साउदी अरब, जोर्डन तथा कतार लगायतका पाँचवटा मध्य पूर्वी मुलुकका कूटनैतिक प्रतिनिधिहरुसँग इटलीमा बन्द सत्र सम्मेलन आयोजित गर्दै सिरिया समस्याको शान्तिपूर्ण समाधानबारे छलफल गरेका छन्।
सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा इटलीका विदेश मन्त्री आन्गेलिनो अल्फानोले वार्ता निकै प्रभावकारी भएको बताउनुभएको छ। साथै सो सम्मेलनमा राजनैतिक समाधान तरिका नै सिरिया संकटको शान्तिपूर्ण समाधानको एउटै मात्र उपाय हो भन्ने कुराको पनि पुष्टि गरिएको छ।
इटलीका विदेश मन्त्री अल्फानोले सिरियाको राजनीतिक संक्रमण प्रक्रियामा रुसले सकेसम्म भाग लिनुपर्ने भन्ने सहमति पनि सो सम्मेलनमा भाग लिएका विभिन्न पक्षहरुले जनाएको जानकारी पनि दिनुभएको छ।