फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग अवधारणाबाट दिगो विकास लक्ष्य 2030 को कार्यान्वयन

(GMT+08:00) 2017-04-12 19:21:06

अप्रिल एघार तारिख संयुक्त राष्ट्र संघका लागि आवासीय चिनियाँ प्रतिनिधि लिउ च्ये यीले न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा आयोजित एक पेटी एक मार्ग अवधारणाबाट दिगो विकास लक्ष्यको प्रवर्द्धन सम्बन्धी उच्चस्तरीय गोष्ठीमा भाग लिनुभएको छ।

चिनियाँ प्रतिनिधि लिउले सम्बोधन गर्दै चार बुँदे विचार प्रस्तुत गर्नुभएको छ। उहाँको विचारमा एक पेटी एक मार्ग अवधारणा र दिगो विकास लक्ष्यको सिद्धान्त, आधार, विकास तरिका समान भएको र अवधारणाबाट दिगो विकास लक्ष्यको कार्यान्वयन क्रममा महत्वपूर्ण योगदान दिइसकेको छ।

आगामी मै महिनामा पैचिङमा एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च आयोजना हुने भएको छ। हालसम्म लगभग तीसवटा मुलुकका नेताहरुले सो मञ्चमा भाग लिने निश्चित भएको छ। एशिया, यूरोप, अफ्रिका, ल्याटिन-अमेरिकाबाट पनि प्रतिनिधि आउने निश्चित भैसकेको जानकारी पनि चिनियाँ आवासीय प्रतिनिधि लिउले दिनुभएको छ।

सो गोष्ठीमा सहभागीहरुले एक पेटी एक मार्ग अवधारणाबाट दिगो विकास लक्ष्य 2030 लाई कसरी अझ राम्रोसँग साकार तुल्याउनु भन्ने बारेमा व्यापक छलफल भएको छ।

जानकारी तथा लेखहरु