फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन-वार्ता

(GMT+08:00) 2017-04-12 19:22:03

अप्रिल बाह्र तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले केही समयअघि आफूले राष्ट्रपतिसँग गरेको वार्ता निकै उपलब्धिमूलक भएको र चिनियाँ जनता तथा अन्तर्राष्ट्रिय समाजले सो वार्ताको सकारात्मक मूल्याङ्कन गरेको पुष्टि गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले आगामी दिनमा कूटनीतिक, सुरक्षा सम्बन्धि वार्ता, चौतर्फी आर्थिक वार्ता, कानुनको कार्यान्वयन तथा इन्टर्नेटको सुरक्षा सम्बन्धी वार्ता र सामाजिक तथा मानवीय वार्ता भन्ने चारवटा उच्चस्तरीय वार्तामार्फत दुवै पक्ष बीच महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्यामा आपसी सम्पर्क तथा समन्वयनको प्रवर्द्धन पारिने आशा पनि व्यक्त गर्नुभएको छ। साथै दुई देश बीचको सम्बन्धमा नव जिवन्त शक्ति थपिएर विश्वको शान्ति तथा विकासक लागि साझा प्रयास गर्ने अपेक्षा पनि राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ।

टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ र अमेरिकी राष्ट्रनायक बीचको वार्ता निकै सफल भएको र आपसी घनिष्ट सम्पर्क कायम राख्न निकै महत्वपूर्ण भएको ठहर व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले दुवै पक्षको साझा प्रयासमार्फत व्यापक क्षेत्रमा हुने वस्तुगत सहयोगलाई विस्तार गर्ने सहमति जनाउनुभएको छ। आफूले चीनको राजकीय भ्रमणको अपेक्षामा भएको पनि राष्ट्रपति ट्राम्पले बताउनुभएको छ।

उहाँहरु बीच कोरियाली प्रायद्बीपको परिस्थिति लगायत साझा अभिरुचि भएका विषयबारे बैचारिक आदानप्रदान पनि भएको छ। राष्ट्राध्यक्ष सीले कोरियाली प्रायद्बीपको आणविक निशस्त्रीकरण लक्ष्यलाई साकार तुल्याउने, सो प्रायद्बीपको शान्ति र स्थिरताको संरक्षण गर्ने अडान लिएको चीनले शान्तिपूर्ण तरिकामार्फत विद्यमान समस्याको समाधान गर्ने पुष्टि पनि गर्नुभएको छ। चीनले अमेरिकासँगै कोरियाली प्रायद्बीप सम्बन्धी विषयबारे सम्पर्क राख्दै जाने अपेक्षा पनि व्यक्त गरेको छ।

सिरिया समस्याबारे चर्चा गर्दा राष्ट्राध्यक्ष सीले सबै प्रकारका रासायनिक हात-हतियारको प्रयोगलाई अस्वीकार गर्ने बताउनभयो। राष्ट्र संघीय सुरक्षा परिषदमा एकताबद्ध भएर सिरिया समस्याको समाधान गर्नु निकै महत्वपूर्ण भएको बताउँदै सुरक्षा परिषदले एकै स्वरमा यसको समर्थन गर्ने आशा व्यक्त गर्नुभयो। ‌

जानकारी तथा लेखहरु