फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्ध भारतमा जन्मेको भन्ने पाठ्यक्रम हटाउन कुटनीतिक पहल गर्नुपर्ने

(GMT+08:00) 2017-04-13 15:43:27

नेपालका पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले अहिले पनि भारतसहित केही मुलुकका पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भनी उल्लेख गरिएको भन्दै यसलाई हटाउन कुटनीतिक पहल थाल्नुपर्ने बताउनु भएको छ।

'बुद्ध भारतमा जन्मेको भनेर भारतसहित अमेरिकाका केही पाठ्यक्रममा समेत उल्लेख छ', उहाँले भन्नुभयो, 'यसलाई हटाउन सरकारले कुटनीतिक तवरमा पहल थाल्नुपर्छ।'

उहाँले आफूले गरेको पहलका कारण कोरियाले आफ्नो पाठ्यक्रमबाट यो गलत तथ्य हटाएको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

दोलखाको चिरंखामा बौद्ध समुदायले आयोजना गरेको एक कार्यक्रममा मंगलबार बोल्दै पूर्वमन्त्री पोखरेलले बुद्ध नेपालमा जन्मेको मात्रै नभइ बुद्ध दर्शन नै नेपालबाट सुरुवात भएको बताउनुभयो।

 

जानकारी तथा लेखहरु