फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मधेसी मोर्चाद्वारा स्थानीय निर्वाचन बहिष्कारको निर्णय

(GMT+08:00) 2017-04-13 16:04:57

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह लगायत तीनै तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। बुधबार तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा जारी मोर्चाको संयुक्त बैठकले सरकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्ताव पुरानो भन्दा पनि पछाडि फर्केको भन्दै नयाँ प्रस्तावले समस्याको हल नगरको निष्कर्ष निकालेको नेपाल खबर अनलाइनले लेखेको छ।

सरकारले मोर्चाका शीर्ष नेतासँगको सहमति विपरीत प्रस्ताव ल्याएको भन्दै मोर्चाले त्यसको स्वामित्व नलिने बताएको छ। मोर्चाको मुख्य मागका रुपमा रहेका सीमांकनको समस्या, नगरिकता, राष्ट्रिय सभालगायतका विषयमा नयाँ प्रस्तावले ठोस कुरा उल्लेख नभएको भन्दै प्रस्ताव स्वीकार गरेर निर्वाचनमा नजाने मोर्चाका एक नेताले बताए।

उनका उनुसार निर्वाचन बहिष्कारको निर्णयसँगै मोर्चाले आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको छ। बैठकमा मोर्चा आवद्ध दलका शीर्ष नेताहरु सहभागी रहेका छन्। मोर्चाले बहिष्कारको औपचारिक निर्णय गरेसँगै संघीय गठबन्धनको पनि बैठक बस्ने जनाइएको छ।

 

जानकारी तथा लेखहरु