फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्याको राजनीतिक समाधान खोज्न चीनको आह्वान

(GMT+08:00) 2017-04-13 16:06:54

राजनैतिक उपाय नै सिरिया समस्या समाधान गर्ने एक मात्र उपाय रहेको र सैनिक परिचालनबाट समस्याको समाधान हुन नसक्ने अडान चीनले दोहोर्‍याएको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि लिउ चेयीले अप्रिल बाह्र तारिख आयोजित सुरक्षा परिषदको सिरिया समस्या राजनीतिक प्रक्रिया खुलस्त बैठकमा उक्त विचार व्यक्त गर्नुभएको हो।

प्रतिनिधि लिउले वर्तमान परिस्थितिमा सिरिया समस्या सम्बद्ध विभिन्न पक्षहरुले कूटनीतिक प्रयास गर्दै संयुक्त राष्ट्र संघको मध्यस्थता तथा महासचिवका विशेष दूतको कार्यको समर्थन गर्दै जानुपर्ने पनि आह्वान गर्नुभएको छ। साथै सुरक्षा परिषदले सिरियाली जनताको हितमा महत्व दिँदै सिरिया समस्याको राजनीतिक समाधान प्रक्रियामा अझ रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने अडान पनि व्यक्त गर्नुभएको छ।

सिरियाका विभिन्न पक्षहरुले युद्धविरामलाई कायम राख्दै वार्तामार्फत सर्वस्वीकार्य चौतर्फी तथा दीर्घकालीन समाधान उपाय खोज्न चीनले आह्वान गरेको छ।

सोही दिनमा सुरक्षा परिषदमा बेलायत, अमेरिका तथा फ्रान्सले तर्जुमा गरेको सिरिया रासायनिक हतियार समस्या निर्णय प्रस्तावका लागि मतदान गरिएको छ र सो मसौदा पारित नभएको जनाइएको छ।

जानकारी तथा लेखहरु