फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय विदेश मन्त्रीद्वारा पाकिस्तालाई अर्को चेतावनी

(GMT+08:00) 2017-04-13 16:25:59

पाकिस्तानले भारतीय नागरिक कुल्बुसान सुधिर जाभावलाई दिएको मृत्युदण्डको सजायलाई कार्यान्वयन गरेमा पाकिस्तानका सामु गम्भीर अवस्था देखा पर्ने चेतावनी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले दिनुभएको छ। सो कुरा इण्डिया टाइम्सले अप्रिल बाह्र तारिख जनाएको हो।

हालै पाकिस्तानी सैन्य अदालतले भारतीय जासुसीमाथि मृत्यु दण्ड दिने निर्णय गरेको छ।

भारतीय विदेश मन्त्री स्वराजले भारत सरकारले कुल्बुसान सुधिर जाभावले निष्पक्ष रुपमा न्याय पाउन प्रत्याभूति दिने प्रयास गर्दै जाने बताउनु भएको छ।

जानकारी तथा लेखहरु