फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्रीद्बारा सिरिया समस्या सम्बन्धी चीनको अडानको ब्याख्या

(GMT+08:00) 2017-04-13 18:38:43

चीनका परराष्ट्र मन्त्री वाङ यीले अप्रिल तेह्र तारिख पैचिङ्गमा प्लालेष्टाइनी विदेश मन्त्री रियाद अल माल्कीसँग वार्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै सिरियाको परिस्थितिबारे चीनको अडानलाई प्रकाश पार्नुभएको छ।

परराष्ट्रमन्त्री वाङका अनुसार, सर्वप्रथम चीनले रासायनिक अस्त्रको प्रयोग गर्ने सबै खालका अवैध कारवाईको विरोध गर्नुका साथै त्यसको कडा शब्दमा निन्दा गरेको छ।

सिरियाको सार्वभौमिकता र भूखण्डको अक्षुण्णताको संरक्षण र सम्मान गरिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो। सिरियाको आफ्नो समस्याको समाधानका लागि सिरियाली जनता आफैंले गर्नुपर्ने सिद्धान्त बमोजिम भविष्यको राजनीतिक प्रक्रियामा सिरियाली जनताले स्वतन्त्र भएर छनौट गर्नुपर्ने उहाँले औँल्याउनुभयो।

सिरिया समस्याको सन्दर्भमा राजनीतिक तवरले समाधान गरिनु नै एक मात्र सही तरिका रहेको कुरामा उहाँले चिनियाँ अडान रहेको स्पष्ट पार्नुभयो।

हाल सिरिया समस्या सम्बन्धी चीन सरकारका विशेष दुत से स्याउ येनले सम्बद्ध मुलुकको भ्रमण गरी सिरिया समस्याबारे विभिन्न पक्षसँग गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु