फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक तवरले कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्ने एउटा मात्र तरिका रहेको चीनको भनाइ

(GMT+08:00) 2017-04-13 18:42:35

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज अप्रिल चौध तारिख कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान सम्बन्धी रुस र अमेरिका दुवै पक्षले गरेको पछिल्लो अवधारणा देखेको बताउँदै विभिन्न पक्षहरूले राजनीतिक तवरले त्यस समस्याको समाधान गर्ने सिद्धान्त बमोजिम प्रयास गरेर मतैत्य प्राप्त गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभले अमेरिकी विदेश मन्त्री रेक्स टिरेल्सनसँग भेट गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोरियाली प्रायद्बीपको आणविक समस्यामा दुवै देश बीच केही मतभेद रहे तापनि राजनीतिक तवरले त्यस समस्याको समाधान गर्न सहमति जनाएको जानकारी दिनुभएको छ।

विभिन्न पक्षहरूले उक्त सिद्धान्त बमोजिम मतैक्य प्राप्त गरी वास्तविक प्रयास गर्दैजाने आशा चीनले गरेको कुरामा पनि प्रवक्ता लुले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु