फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

''सी चिनफिङः चीनको शासन व्यवस्था'' उर्दू संस्करण सार्वजनिक हुँदै

(GMT+08:00) 2017-04-14 16:21:48
''सी चिनफिङः चीनको शासन व्यवस्था'' पुस्तकको उर्दू संस्करण विमोचन समारोह अप्रिल चौध तारिख पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना हुने भएको छ।

हाम्रो रेडियोसँगको अन्तर्वार्तामा यस पुस्तकका प्रमुख अनुवादक हुमा अन्वारले चीन-पाकिस्तान आर्थिक करेडोको निर्माण द्रुत गतिले अघि बढेको सिलसिलामा चिनियाँ नेताको किताबको प्रकाशन पाकिस्तानमा पाउनु निकै अर्थपूर्ण रहेको व्यक्त गर्नुभएको छ। उहाँ गएको वर्षमा पाकिस्तान अनुवादन प्रतियोगितामा प्रथम स्थान पाउनुभएको हो।

''सी चिनफिङः चीनको शासन व्यवस्था'' किताब हालसम्म चिनियाँ, अंग्रेजी, नेपाली लगायत सोह्र भाषामा 62 लाख प्रति प्रकाशित गरिसकेको छ।

जानकारी तथा लेखहरु