फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विनिमय दर परिमार्जन मुलुकमा चीन नरहेको अमेरिकी राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2017-04-14 16:22:52
अमेरिकी सरकारले चीनलाई विनिमय दर परिमार्जन मुलुक सूचीमा नराख्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्राम्पले अप्रिल बाह्र तारिख जनाउनुभएको हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले तेह्र तारिख सो कुराबारे चर्चा गर्दै चीन विनिमय दर परिमार्जन मुलुक होइन भन्ने तथ्य कुरा हो र चिनियाँ युआन आर.एम.बी.को विनिमय दरको सम्बन्धमा चीनको निरन्तर स्पष्ट अडान रहिरहेको प्रकाश पार्नुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द वाल स्ट्रिड जर्नलसँगको अन्तर्वार्तामा यस हप्तामै प्रकाशित हुने प्रतिवेदनमा चीनमाथि विनिमय दर परिमार्जन मुलुकको लेवल नटाँस्ने बताउनुभयो। तेह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदै आर.एम.बी.को विनिमय दर उत्पन्न अवस्थाको सुधार गर्दै जाने जानकारी दिनुभएको छ। मुद्राको मूल्य प्रतिस्पर्धात्मक घटावबाट निर्यातलाई बढाउने इच्छा चीनसँग छैन र आर.एम.बी.को मूल्य लगातार घट्ने आधार पनि छँदै छैन भन्ने कुरा प्रवक्ता लुले औँल्याउनुभएको छ।

प्रवक्ता लुले आपसी समानताको हितयुक्त सिद्धान्तमा आधारित चीनले अमेरिकासँग विभिन्न क्षेत्रमा हुने वस्तुगत सहयोगलाई विस्तार गर्ने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु