फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्री र रुसी राष्ट्रपति बीच भेटघाट

(GMT+08:00) 2017-04-14 18:36:06

रुसको भ्रमणमा रहनुभएका चीनका उप प्रधानमन्त्री चाङ काउलीले तेह्र तारिख मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्नुभएको छ।

भेटमा चीनका उप प्रधानमन्त्री चाङ काउलीले बितेका केही वर्षमा दुई देशका राष्ट्रनायकहरले आपसी सम्बन्धलाई नयाँ रणनीतिक स्तरमा पुर्‍याइसकेको र उपलब्धिमूलक बनेको औँल्याउनुभएको छ। चीनले आगामी मे चौधदेखि पन्ध्रसम्म पैचिङमा एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना गर्ने भएको छ। उप प्रधानमन्त्री चाङले महत्वपूर्ण साझेदार मुलुक रुसका राष्ट्रपति सो मञ्चमा भाग लिने विस्तृत बन्दोबस्त गराइदिने जानकारी दिनुभएको छ। साथै चीनले रुसबाट प्रस्तुत 'यूरोप-एशिया साझेदारी सम्बन्ध' अवधारणामा महत्व दिँदै ती विचारलाई व्यवहारमा उतार्ने कदमहरुबारे दुवै पक्षले विस्तृत रुपमा छलफल गर्ने पनि उप प्रधानमन्त्री चाङले व्यक्त गर्नुभएको छ।

सो अवसरमा रुसी राष्ट्रपति पुटिनले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनुहुने निश्चितता दिनुभएको छ। साथै दुई देश बीच द्बिपक्षीय अवस्था सम्बन्धी सम्मेलनमा भाग लिन जानुभएका चाङलाई स्वागत गर्दै चिनियाँ लगानीकर्ताले रुसको आर्थिक विकासमा भाग लिन निमन्त्रणा पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु