फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्याको राजनीतिक समाधानमा चीनको अडान

(GMT+08:00) 2017-04-14 18:37:24

सिरियाको वर्तमान परिस्थिति फेरि तनावपूर्ण बनेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय समाज तथा सिरियाका विभिन्न पक्षहरुले वार्ताको अवसरमा सिरिया समस्याको राजनीतिक समाधान प्रक्रियालाई अघि बढाउनुपर्छ। उक्त कुरा अप्रिल चौध तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ शुआङले व्यक्त गर्नुभएको हो।

रुसी उप विदेश मन्त्रीले तेह्र तारिख सिरिया समस्या जेनेभा वार्ताको अर्को चरण मे महिनाको चार तारिख आस्तानामा हुने सिरिया वार्तापछि अर्थात् मेको मध्यकालमा आयोजना हुने सम्भावना रहेको औंल्याउनुभएको छ। चौध तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ शुआङले सिरिया वार्ताप्रति चीनको अडानबारे ब्याख्या गर्दै आस्ताना वार्ता जेनेभा वार्ताको हियुक्त पूरक हो र चीनले शान्ति लक्ष्य लिएर वार्तालाई अघि बढाउन प्रयास गर्दै जाने जानकारी दिनुभएको छ।

प्रवक्ता कङले सिरिया समस्या सम्बन्धि चिनियाँ विशेष दूत स्ये स्याउयानले केही दिनपछि सम्बद्ध मुलुकको फेरि भ्रमण गर्दै सम्बद्ध विभिन्न पक्षसँग गहन रुपमा बैचारिक आदानप्रदान गर्ने रचनात्मक भूमिका निर्वाह गर्दै जाने संकेत पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु