फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयद्बारा थाडको तैनाथ प्रक्रिया तत्काल बन्द गर्न अमेरिका र गणतन्त्र कोरियालाई ताकिता

(GMT+08:00) 2017-04-14 18:38:14
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अप्रिल चौध तारिख पैचिङमा तत्काल थाडको तैनाथ प्रक्रिया बन्द गर्न अमेरिका र गणतन्त्र कोरियालाई पुन: ताकिता गर्नुभएको छ। साथै उहाँले देशको सुरक्षा हित र क्षेत्रीय रणनीतिक सन्तुलनको संरक्षण गर्नका लागि चीनले आवश्यक कदम चाल्ने कुरा पुन:र्पुष्टी गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, गणतन्त्र कोरियाली सेनाले थाड प्रणालीको तैनाथका लागि चाहिने सामग्रीहरूलाई गणतन्त्र कोरियाली दक्षिण-पूर्वी भागको एउटा गल्फ मैदानमा पुर्‍याइसकेको छ।

थाड प्रणालीको विरोध गर्ने चीनको अडान स्पष्ट र अडिग रहँदै आएको बताउँदै प्रवक्ता कङले अमेरिका र गणतन्त्र कोरियाले गणतन्त्र कोरियामा थाड प्रणालीको तैनाथ गर्ने कुरा कोरियाली प्रायद्बीपमा आणविक रहित लक्ष्यलाई साकार तुल्याउनका लागि सघाउ नपुग्ने र कोरियाली प्रायद्बीपको शान्ति र स्थिरताको संरक्षणका लागि पनि सहयोगी नरहेको कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु