फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री तथा फ्रान्सेली विदेश मन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2017-04-14 18:45:23

चीनका परराष्ट्र मन्त्री वाङ यी र फ्रान्सेली विदेश मन्त्री जीन मार्क आइराउल्ट बीच अप्रिल चौध तारिख पैचिङ्गमा भेट-वार्ता भएको छ।

वार्ताको अवसरमा मन्त्री वाङले बितेका पाँच वर्षयता दुवै देशका राष्ट्रनायकको ख्याल-विचार र दुवै पक्षको साझा प्रयासमा चीन र फ्रान्स बीचको सम्बन्ध नयाँ ऐतिहासिक उचाईमा पुगेको बताउँदै चीन-फ्रान्स चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध वर्तमान अन्तर्राष्ट्रिय मञ्चमा रहेको सबभन्दा परिपक्व र स्थिर ठूला मुलुक सम्बन्धमध्येको एक बनिसकेको औँल्याउनुभएको छ।

प्रत्युत्तरमा फ्रान्सेली विदेश मन्त्री आइराउल्टले फ्रान्सको आम निर्वाचनको नतिजा जे भए पनि फ्रान्स-चीन चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध निरन्तर रुपमा थप विकसित हुँदैजाने विश्वास व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु