फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्यासम्बन्धी त्रिपक्षीय वार्ता मस्कोमा सुरु

(GMT+08:00) 2017-04-15 13:32:55

रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ, इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफ र सिरियाका विदेशमन्त्री वालिद मुआल्लेमले 14 तारिख मस्कोमा त्रिपक्षीय वार्ता गरेर सिरियाको वर्तमान परिस्थिति, रासायनिक हतियार जाँचबुझ र आतंकवादमाथि प्रहार लगायत विषयबारे आपतकालीन छलफल गर्नुभएको छ।

अमेरिकाद्बारा सिरियाली सरकारी सेनाको आधारमा गरिएको सैन्य प्रहार अतिक्रमण हुनुका साथै अन्तर्राष्ट्रिय कानून-नियम र राष्ट्र संघीय बडा-पत्रको निर्मम उल्लंघन भएको पनि पत्रकार सम्मेलनमा तीन विदेशमन्त्रीले बताए।

4 तारिख उत्तर-पश्चिमी सिरियाको इदलेब प्रान्तअन्तर्गत विपक्षीको नियन्त्रणमा रहेको एउटा बस्तीमा हवाई आक्रमण भएको थियो। अमेरिका, बेलायत, फ्रान्स लगायत पश्चिमी मुलुकहरु र सिरियाली विपक्षीले सिरिया सरकारसँग रासायनिक हतियारको प्रयोग गरेकोमा आलोचना गरेका छन्। रुस, इरान र सिरियाले यस घटनाबारे सावधानीपूर्वक, वस्तुनिष्ठ तथा पूर्वाग्रहविना जाँचबुझलाई समर्थन दिएको पनि मन्त्री लाभरोभले बताउनुभयो।

यस त्रिपक्षीय वार्ताले आगामी साता इरानमा आयोजना हुने रुस, टर्की तथा इरानका विशेषज्ञ छलफल र मे महिनामा कजाखस्तानमा आयोजना हुने वार्ताका लागि तयारी गरेको छ।

जानकारी तथा लेखहरु