फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी विभिन्न पक्षद्बारा "सी चिन फिङ: चीनको शासन व्यवस्था" उर्दू संस्करण प्रकाशनको उच्च सराहना

(GMT+08:00) 2017-04-15 13:25:03

"सी चिन फिङ: चीनको शासन व्यवस्था" उर्दू संस्करण विमोचन समारोह चौध तारिख पाकिस्तानको राजाधानी इस्लामावादमा आयोजना गरिएको छ। त्यस समारोहमा उपस्थित भएका पाकिस्तानका राजनीतिक, सांस्कृतिक र प्रेस-प्रकाशन क्षेत्रका प्रतिनिधिहरूले राष्ट्राध्यक्ष सीको उच्च मूल्याङ्कन गर्दै उहाँको विचारधारा पाकिस्तानका लागि सिक्नलायक महत्वपूर्ण रहेको ठहर गरेका छन्।

पाकिस्तानी प्रेस र राज्य मन्त्री श्रीमती मारियुम औरंगजेबले पाकिस्तानका विभिन्न तहका व्यवस्थापकहरूले त्यस किताबमार्फत सञ्चालन गर्ने निकै राम्रो अनुभव पाउनसक्ने विश्वास व्यक्त गर्नुभयो।

पाकिस्तानी ग्वादार बन्दागाह मामिला ब्युरोका अध्यक्ष दोस्ताइन खानले चीन र पाकिस्तान दुवै देशका आर्थिक करिडोरका निर्माणकर्ताहरूका लागि त्यस किताबबाट उनीहरूले करिडोरपछाडि कस्तो सपना बोकिएको हुन्छ भनेर बुझ्नसक्ने ठहर गर्नुभयो।

पाकिस्तानी राष्ट्रिय कला प्रतिष्ठानका जिम्मेवार व्यक्ति मुर्ताजा जाफारीले पाकिस्तानी जनतामध्ये नब्बे प्रतिशतभन्दा बढी उर्दू भाषी भएकाले यस उर्दू संस्करण प्रकाशनको अर्थ ज्यादै महत्वपूर्ण रहेको कुरा औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु