फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चीनलाई अमेरिकी विनिमय दर परिमार्जन मुलुकमा नराख्ने

(GMT+08:00) 2017-04-15 13:48:22

अमेरिकी अर्थमन्त्रालयले 14 तारिख "अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा विनिमय दर नीति प्रतिवेदन"सार्वजनिक गरेको छ। चीनलगायत मुख्य व्यापारिक साझेदारहरुले न्यायिक श्रेष्ठताका लागि विनिमय दर परिमार्जन नगर्ने स्पष्ट पारेका छन्। तर डोनाल्ड ट्रम्प सरकारले चीन, जापान, जर्मनी, दक्षिण कोरिया लगायत छ मुलुकलाई विनिमय दर नीतिको अनुगमन सूचीमा भने समेटेको छ।

गत अप्रिल महिनामा अमेरिकी अर्थमन्त्रालयले विनिमय दर नीतिको अनुगमन सूची पहिलोपटक तर्जुमा गरेर तीन मापदण्ड प्रस्तुत गरेको छ। त्यसमा अमेरिकासँगको व्यापारिक नाफा बीस अर्ब अमेरिकी डलरभन्दा बढी, व्यापारिक नाफा उक्त मुलुकको जीडीपीमा कम्तीमा 3प्रतिशत र विनिमय बजारमा उक्त मुलुकको एकतर्की हस्तक्षेप भन्ने समेटिएको छ।

प्रतिवेदनअनुसार, ओबामा सरकारको तुलनामा ट्रम्प सरकारले अनुगमन सूचीमा एउटा मापदण्ड थपेको छ। यदि अमेरिका र कुनै मुलुकको व्यापारिक घाटा अमेरिकाको कुल व्यापारिक घाटाको अनुपात बढी भएमा उक्त मुलुकलाई अनुगमन सूचीमा थपिनेछ। व्यापारिक घाटा र विनिमय दरको अनुगमन जोडबाट हेर्दा ट्रम्प सरकारले व्यापारिक घाटामा उच्च महत्व दिएको विश्लेषण गरिएको छ।

जानकारी तथा लेखहरु