फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सी चिन फिङ: चीनको शासन व्यवस्था" उर्दू संस्करण विमोचन समारोह इस्लामावादमा आयोजना

(GMT+08:00) 2017-04-15 13:40:09

चीनको राज्य परिषद्को प्रेस कार्यालय, चिनियाँ विदेशी भाषा ब्युरो र पाकिस्तानका लागि चिनियाँ दुताबासको संयोजकत्वमा "सी चिन फिङ: चीनको शासन व्यवस्था" उर्दू संस्करण विमोचन समारोह चौध तारिख पाकिस्तानको राजधानी इस्लामावादस्थित प्रधानमन्त्रीको आबासभवनमा भब्यताका साथ आयोजना गरिएको छ। पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचारप्रसार विभागका उपप्रमुख एवम् राज्य परिषद्को प्रेस कार्यालयका प्रमुख च्याङ चेन कोले संयुक्त रुपमा विमोचन समारोहको अध्यक्षता गर्नुभयो। चीन र पाकिस्तान दुवै देशका राजनीतिक, सांस्कृतिक र प्रेस-प्रकाशन क्षेत्रका तीन सयभन्दा बढी अतिथिहरू उक्त समारोहमा सहभागी थिए।

प्रधानमन्त्री शरिफले समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सी चिन फिङ चीन र यस युगका महान नेता हुनुका साथै पाकिस्तानको भरपर्दो साथी भएको औंल्याउनुभयो।

त्यो किताब चीनको लागि मात्र नभई वर्तमान विश्वका लागि हो भन्दै शरिफले चीनको शासन व्यवस्था र सुधार अनुभव विशेषतायुक्त भए तापनि चीनको वास्तविक अनुभव धेरै मुलुकका लागि सहयोगी हुने ठहर पनि उहाँले गर्नुभयो।

उक्त किताबमा सन् 2012को नोभेम्बरदेखि सन् 2014को जुन महिनासम्मको अवधिमा राष्ट्राध्यक्ष सीका 79 वटा सम्बोधन, अन्तर्वार्ता, मन्तव्य, प्रश्नोत्तर, आदेश र शुभकामना संदेशको सङ्कलन गरिएको छ।

जानकारी तथा लेखहरु