फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ राष्ट्रिय अभियान शुरु

(GMT+08:00) 2017-04-15 14:54:10

'मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ' 2074 राष्ट्रिय अभियानको शुभारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले दशरथ रङ्गशालाबाट 'मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ' 2074 राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गर्दै अभियानको शुभारम्भ गर्नुभयो।

सरकारले अभियानका रुपमा सर्वसाधारणलाई स्वास्थ्यप्रति सजग रहन म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छौँ भन्ने पाँच प्रतिबद्धता गरी पालना गर्न आग्रह गरेको छ।

दशरथ रङ्गशालाबाट निस्केको र्याली वसन्तपुरमा गई कार्यक्रममा परिणत भएको थियो। स्वास्थ्यमन्त्री गगनकुमार थापाले बाहेक पनि जनताले आफ्नो स्वास्थ्यमा ध्यान नदिए राज्यले मात्र जनताको स्वास्थ्यका लागि गर्ने कर्तव्य सफल नहुने भएकाले यस अभियान थालिएको बताउनुभयो।

वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै यो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिनेछ। मन्त्री थापाले भन्नुभयो,'अहिले जीवनशैलीमा आधारित रोगको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकाले जीवनशैलीमा सामान्य परिवर्तनबाट यो अवस्थालाई आफैँले रोक्न र घटाउन सकिन्छ। यसका लागि अभियानकै रुपमा सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन यो अभियान ल्याइएको हो।'

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतिले नेपालमा धुम्रपान, मद्यमानको अत्याधिक प्रयोग, खाद्य प्रदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताका स्वास्थ्य प्रतिकूल असर गरी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास गर्नुभयो।

अभिनेत्री मनिषा कोइरालाले स्वास्थ्यको ख्याल आफैँले राख्नुपर्ने बताउँदै आफू स्वास्थ्य भएमात्र गुणस्तरीय जीवनयापन गर्न सकिने बताउनुभयो। कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वस्थ रहन शारीरिक व्यायामको महत्वपूर्ण स्थान भएकाले दैनिक व्यायाम गर्न आग्रह गर्दै विभिन्न योगासन गरी देखाउनुभयो।

वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र, विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिने छ। कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने कारोबार अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु