फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन प्रवर्द्धनका लागि पुनर्निर्माण पहिलो प्राथमिकता हुनुपर्ने राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2017-04-15 14:56:27

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन प्रवर्द्धनका लागि पुनर्निर्माण पहिलो प्राथमिकता भएको बताउनुभएको छ। ओखलढुंगामा प्रथम थोलेदेम्बा पर्यटकीय महोत्सव उद्घाटन गर्दै उहाँले भूकम्पले क्षति पुर्‍याएको पर्यटकीय संरचनाहरु पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

'पर्यटनको दीगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन समेत दुई वर्षअघि आएको भूकम्पले क्षति पुगेका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा प्राथमिकता दिनुपर्छ' राष्ट्रपति भण्डारीले भन्नुभयो, 'उर्जाशील युवाको जोश जाँगर उर्जा भाषा सीप आतिथ्यता कुशलता समेत समेटेर पर्यटन मैत्री तालिम दिई अवसर सिर्जना गर्नु आजको आवश्यकता हो।'

जिल्लाको समग्र विकासका लागि सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटनमा ठोस मद्दत पुग्ने भएकोले सबैको ध्यान दिनुपर्ने भण्डारीले बताउनुभयो। बढ्दो सहरी करण औद्योगिकरण र प्रदूषणले गर्दा पर्यटकीय पदमार्ग प्रमुख आकर्षण बन्न थालेको बताउँदै भण्डारीले कृषि, पर्यटन र उर्जाको प्रचूर सम्भावना बोकेको नेपालमा पर्यटकीय पदमार्गहरुको विकास गर्नुपर्ने बताउनुभयो।

उहाँले नयाँ वर्षको सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिनुभयो। कार्यक्रममा एमाले महासचिव ईश्वर पोख्रेल, कांग्रेस नेतृ सुजाता कोइराला, सांसदहरु यज्ञराज सुनुवार, रामहरि खतिवडा, हर्कबोल राई र शकुन्तला राजभण्डारी, टानका अध्यक्ष चन्द्र रिजाललगायतले शुभकामना व्यक्त गरे।

जानकारी तथा लेखहरु