फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला अबको एक हप्तापछि

(GMT+08:00) 2017-04-15 14:57:36

तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाख 7 देखि 11 गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा 'तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी– 2074' प्रदर्शनी हुन् लागेको हो।

महासङ्घले पत्रकार सम्मेलन गरी नेपाली उद्योगको संस्थागत विकास, लघु, घरेलु तथा साना उद्योगमा प्रविधि प्रतिस्थापन, व्यवसायी क्षमता विकासमा प्रदर्शनी गर्न लागिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योग प्रविधि प्रयोग र अन्य क्षमताका हिसाबले प्रतिस्पर्धा बन्न नसकेको भन्दै उद्योग क्षेत्रमा प्रविधिको विकासका लागि प्रदर्शनीले ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँले प्रदर्शनीले अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो।

महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले 60 वटा नवीन प्रविधिसहित 200 भन्दा बढी प्रदर्शनी कक्ष राखिने जानकारी दिनुभयो। उहाँले चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायत छिमेकी मुलुकमा उत्पादित वस्तुसमेत प्रदर्शनमा राख्न लागिएको बताउनुभयो।

गोरखापत्र अनलाईनका अनुसार पाँच दिनसम्म चल्ने मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने र रु छ करोड बराबरको कारोबार हुने आयोजकले जनाएको छ।

जानकारी तथा लेखहरु