फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतमा नेपालसम्बन्धी अनुसन्धाताको दुई दिने नेपाल अध्ययन दिवस

(GMT+08:00) 2017-04-15 14:58:31
नेपालबारे चासो राख्ने प्राज्ञ तथा अध्येताहरुको संस्था बेलायत नेपाल प्रज्ञा परिषद्ले बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस कार्यक्रम गरेको छ। दिवसमा यसवर्ष विभिन्न विषयका 21 कार्यपत्र, 8 वटा पोस्टर, एक विशेष प्रस्तुति र पीएचडी कार्यशाला गरिएको परिषद्का महासचिव डा. कृष्ण अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा नेपालबारे रुची राख्ने स्थापित प्राज्ञदेखि शोधमा लागेका नयाँ विद्यार्थी र स्वतन्त्र अनुसन्धानकर्ता गरी बेलायत, हङकङ, नेपाल र युरोपेली देशका 60 भन्दा बढीको सहभागिता थियो।

हरेक वर्ष नेपाल अध्ययन दिवसका रुपमा गरिने सम्मेलन यसपालि यौन तथा प्रजनन स्वास्थ्य, धर्म, संस्कृति र पहिचान, स्वास्थ्य, राजनीति र डायस्पोरा, उर्जा र भूकम्प तथा विपत व्यवस्थापन गरी 6 विधामा कार्यपत्र प्रस्तुति र व्यापक छलफल भएको थियो।

आगामी वर्षको नेपाल अध्ययन दिवसलाई नयाँ नाम नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स)का नाममा सञ्चालन गरिने र उक्त कार्यक्रम डरम विश्वविद्यालयमा आयोजना हुने परिषद्ले जनाएको छ । परिषद्ले गर्ने वार्षिक नेपाल प्रवचन आगामी नोभेम्बरमा लन्डन सोआसमा हुने र सो प्रवचन दिन नेपालबाट प्राध्यापक पीताम्बर शर्मा आउने कार्यक्रम रहेको ईकान्तिपुर अनलाईनले लेखेको छ।

कार्यक्रमको सिलसिलामा विद्यावारिधीसम्बन्धी विशेष कार्यशाला पनि आयोजना गरिएको थियो। अध्ययन दिवसको सिलसिलामा परिषद्को कार्यसमिति बैठक र हरेक दुई वर्षमा हुने साधारणसभा पनि गरिएको थियो।

जानकारी तथा लेखहरु