फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इराक र सिरियाद्वारा "इस्लामिक स्टेट" माथि संयुक्त रुपमा प्रहार

(GMT+08:00) 2017-04-16 15:13:57

इराकी सेनाले अप्रिल पन्ध्र तारिख एउटा वक्तव्य प्रकाशित गर्दै इराकी सेना र सिरयाली सेनाले सिरियाभित्रको उग्रवादी संगठन "इस्लामिक स्टेट"माथि प्रहार गर्ने गतिविधिमा सिरियाको युद्ध विमानले "इस्लामिक स्टेट"का धेरैवटा आदेश मुख्यालयमा बमबारी गरेको र धेरै जना सशस्त्र व्यक्ति मारिएको कुरा बताएको छ।

चालू वर्षको फेब्रुअरी महिनादेखि इराकी वायु सेनाले सिरियाभित्रको उग्रवादी लक्ष्यमाथि अन्तर्देशीय रुपमा प्रहार गरेपछि इराक र सिरियाका दुबै मुलुकका सेनाहरूले संयुक्त रुपमा गतिविधि चलाएको यो पहिलो पटक हो।

चालू वर्षको फेब्रुअरी महिनाको 24 तारिख इराकका प्रधानमन्त्री हइदर अल अबादले इराकको वायु सेनासँग सिरियाभित्रको "इस्लामिक स्टेट"माथि प्रहार गर्न आग्रह गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाजले यसमाथि ध्यान दिएको छ। त्यसपछि अबादले राष्ट्रिय सुरक्षाको संरक्षण गर्नका लागि इराकले छिमेकी मुलुकभित्रको "इस्लामिक स्टेट"का सशस्त्र व्यक्तिहरूलाई निरन्तर रुपमा प्रहार गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु